FAQs Complain Problems

सूचना

फोटो ग्यालरी

षडानन्द नगरपालिका वडा नं १० साङ्गपाङ्ग स्थित खगेन्द्र स्मृति रंगशालाको उद्घाटन नगर प्रमुख श्री वीरवल राईज्यूबाट इति सम्वत् २०७७ माघ २५ गते रोज २ शुभम् सु-सम्पन्न भयो ।

साथै उक्त अवसरमा रंगशाला निर्माणको लागि १९-३-३-१ रोपनी जग्गा खरिद

गरी निशुल्क प्रदान गरिदिनु हुने श्री मनिराज साम्पाङ राई र १-०-०-० रोपनी जग्गा निशुल्क प्रदान गर्नुहुने श्री चित्र कुमार राईको उच्च कदर गर्दै मनकारी दानवीर व्यक्तिहरुलाई सम्मान गरिएको छ । उक्त अवसरमा पखुवा वहप्चा खुल्ला पुरुष लीगकम नकआउट फुटबल प्रतियोगिता (२०७७ माघ २५ देखी फाल्गुन १ ) को उद्घाटन कार्यक्रमको केही झलकहरु तस्विरमा ।

, , , , , , , , , , , , , , , , , , , ,

दाेश्रो मेयर कप खेलकुद प्रतियोगिता २०७५ का झलकहरु 

, , फाइनल महिला भलिबल खेलकाे दृश्य, , , , , , , ,

षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजार मा नेवारी समुदायद्वारा देखाईने लोकप्रिय सास्कृतिक पर्व लाखे जात्रा सुरु भएको छ। यो जात्रा नाग पञ्चमिको दिनबाट सुरु भएर कृष्ण जन्माष्टमीको भोलिपल्टसम्म धुमधामका साथ मनाइन्छ।

जात्राको मुख्य आकर्षण भनेकै मुकुण्डोधारी लाखे हुन्छ। ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति र परम्पराहरुलाई नक्कल गर्दै लाखेसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गरिन्छ। लाखे बन्नेले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर तयार भएर बसेको हुनुपर्ने हुन्छ।

यस जात्रालाई नेवार समुदायले विशेष महत्वका साथ मनाउछ। ‘साँस्कृतिक, धार्मिक महत्व त छदैछ, सँगै आपसी भाइचारा, भातृत्व कायम राख्ने, घर परिवार, आफन्तजन जमघट हुने, दु:खसुख आदानप्रदान गर्ने माध्यम हो। 
फोटो साभारः स्थानिय युवाहरुको फेसवुक वालबाट।

दिङ्ला वजारमा  लाखे नाच नाच्दै।, लाखे

Pages

षडानन्द नगरपालिका रहेको स्थान