FAQs Complain Problems

सूचना

कृषि कफी खेति यान्त्रिकिकरण कार्यक्रमको लागि आवश्यक मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !
कफी खेती विस्तार क्षेत्र विस्तार कार्यक्रमको लागि आवश्यक कफीको बिरुवा खरिद गर्न अनलाइन शिलबन्दी दरभाउपत्रको सूचना
कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी बोलपत्र आह्वानको सूचना !
"शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर" सञ्चालनको मिति परिवर्तन सम्बन्धी सार्वजनिक सूचना !
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कृषि सम्बन्धी मेशिनरी औजारहरु, कृषि सामाग्रीहरु खरिद)
शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ! (प्रयोगशाला उपकरण, केमिकल तथा सर्जिकल सामाग्रीहरु)
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना !
रेडियोग्राफर, फार्मेसी सहायक र अ.न.मी. सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना
षडानन्द नगरपालिका भित्र सञ्चालित विद्यालयहरुको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा विवरण सम्बन्धमा।

षडानन्द नगरपालिकाको संक्षिप्त परिचय

कोशी अञ्चल भोजपुर जिल्लाको उत्तरी क्षेत्र जिल्ला सदरमुकामबाट १२ कोष दुरिमा रहेको दिङ्ला उत्तरी क्षेत्रका चौध गा.वि.स. को केन्द्रको रुपमा परिचित रहेको छ । २०७१ मंसीर १६ गतेका दिन नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार साविक केउरेनीपानी, मूलपानी, तुङ्गेछा, किमालुङ्ग र खार्तम्छा गा.वि.स. लाई समेटेर दिङ्ला बजारमा कार्यालय रहने गरी षडानन्द नगरपालिकामा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३।११।२७ को निर्णय अनुसार साविक नेपालेडाडा, कुदाककाउले, साङपाङ, देउराली र वोया गा.वि.स.लाई समेटेर नगरपालिका घोषणा हो । यस नगरपालिकाको कुल क्षेत्रफल २४१.१५ वर्ग कि.मि. रहेको छ । दिङ्ला सभ्यताका जनक चामेश्वर नेवार र त्यसका प्रवर्तक आवाल ब्रम्हाचारी षडानन्द हुन् । नेपालकै जनस्तरबाट संचालित पहिलो पाठशाला संस्थापक समाज सुधारक शिक्षासेवी आवाल ब्रम्हाचारी षडानन्द गुरुले वि.सं. १९३२ मा षडानन्द संस्कृत पाठशाला संचालनपछि दिङ्लाको ऐतिहासिक महत्व बढेको थियो । नगरपालिका घोषणा भएपछि शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युत, उद्योग आदी विकासको प्रवल सम्भावना वढेर गएको छ । दिङ्ला क्षेत्र ऐतिहासिक थूम पनि हो ।

यस क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्वका क्षेत्रहरु सिताराम, रामचन्द्रमन्दिर, षडानन्द शालिक, कैलाश डाँडा, गणेश मन्दिर, जाल्पा मन्दिर, गुम्बा, पशुपति, पखुवादेवीथान, चर्च, चण्डीथान, शिवालय, साउनेडाँडा, चित्रगुप्ता, छागे धाम, सिक्तेलटार सालको धुप पाइने ठाउँ, सतीघाट, गुरुङ्गडाँडा, गडीगाउँ, योगमाया समाधीस्थल आदी हुन । त्यस्तै बजार क्षेत्र, दिंला बजार, कात्तिके वालुवाबेशी, पखुवा, कामी चौतारा, रामनवमी तथा सदमी मेला दिङ्ला, सोमबारे, झ्याउपोखरी, वोया विहिवारे, बैदार भञ्याङ आदी मुख्य बजारहरु हुन् ।

यस नगरपालिकाको पूर्वमा अरुण नदी (संखुवासभा जिल्ला), पश्चिममा साउने डाँडा, उत्तरमा साल्पा सिलोछो गाउपालिका दक्षिणमा भोजपुर नगरपालिका रहेका छन् । ३३६ मिटरदेखि ३११० मिटर उचाईमा विभिन्न प्रकारका हावापानीमा रुद्राक्ष, दुर्लव मानिएको अशोक वृक्ष, चाँप, गुराँस, ढ्याग्रे सल्लो, आदि वनस्पति र चिराइतो, जट्टामसी, पाँचअम्ले, नागबेली आदि जस्ता जडिवुटि पाइन्छ । त्यसैगरी जनावरमा मृग, स्याल, बनेल, बाघ, भालु, बादर तथा पशुपंक्षीमा डाँफे, मुनाल, सुगा, कालिज, काँडे भ्याँकुर आदी पाइन्छ । नगरपालिका क्षेत्रको भौगोलिक वनावट बेशीँ, खोज, समथर भू–भागदेखि हिमाली क्षेत्रले समेटेको छ । नगरपालिकाको तल्लो तटिय तथा मध्य क्षेत्रमा खाद्यान्नवालीको अलवा नगदेबालीको रुपमा रुद्राक्ष, सुन्तला, कागती र माथिल्लो भागमा अलैची, आलु, चिराइतो, सतुवा, पाँचअम्ले, अम्लिसो र जडिवुटीहरु प्रशस्त सम्भावना रहेको छ । नगरपालिका घोषणा भएपनि अरुण नदीमा मोटरएवल पुल निर्माण नहुदा यहाको जनजीवन असहज छ । सबै वडाहरुमा विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, सेवा आदि पहुँचको अभाव रहेकोमा यी विकासका पूर्वाधारहरुको विकास गर्न नगरपालिकाको पहिलो प्राथमिकता रहेको छ । यहाँको साक्षरता ७० प्रतिशत रहेको छ तथा जनगणना २०६८ सालको तथ्याङ्क अनुसार कुल जनसंख्या ३१६१० रहेको छ ।